arrow

पोखरामा लागुऔषधसहित दुई युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १ आइतबार
Pakrau kaski.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा चितवन रत्न नगरपालिका वडा नं. ९ घर भइ हाल पोखराको जरेबर बस्दै आएका वर्ष २७ का सन्दीप श्रेष्ठ र ड्यामसाइड बस्ने २१ वर्षका विजन सापकोटा रहेका छन् ।

यस्तै, पोखरा ९ बगालेटोल बस्ने वर्ष २३ का राजन कुँबर र न्यूरोड बस्ने वर्ष ३३ का विष्णु कुँवरलाई पोखरा ३३ पावर हाउसबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनीहरुको साथबाट गाँजाको धुलो जस्तो देखिने (पोल्यान) १ किलो र ब्राउन सुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

यता, कुँवरको साथबाट डाइजापाम ४० एम्पुल, फेनेरागन ४० एम्पुल, नुर्फिन ४० एम्पुल गरि कूल १२० एम्पुल लागूऔषध बरामद भएको छ । 

उनीहरु विरुद्ध लागूऔषधसम्बन्धी मुद्धामा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ