arrow

फरार ४६ प्रतिवादी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २ सोमबार
Kaski Police.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले मंसिर महिनामा विभिन्न मुद्धा लागेर फरार भएका ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । 

पक्राउ परेकामध्ये चेक अनादरमा २९, चोरीमा २, जुवामा ३, दुषित तथा न्यून स्तरको खाद्यपदार्थ उत्पादन तथा विक्री वितरणमा १ जना, सार्वजनिक स्थानमा अभद्र व्यवहार मुद्दामा ४ जना, जालसाझी मुद्दामा ४ जना, साधारण चोरी मुद्दामा १ जना, सवारी अंगभंग मुद्दामा १ जना र अभद्र व्यवहार मुद्दामा १ जना रहेका छन् ।

पक्राउ परेकाहरुबाट रु. २ लाख १२ हजार २ सय जरिवानाबाट राजस्व प्राप्त भएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका प्रतिवादीलाई बाँकी सजाय भुक्तानका लागि अदालत पेस गरिएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ