arrow

सम्पदा क्षेत्र सार्वजनिक खरिद ऐन, २०६३ अनुसार निर्माण नगरौँ : चिरिबाबु महर्जन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २ सोमबार
chiribabu-maharjan.jpg

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सार्वजनिक खरिद ऐन, २०६३ को प्रयोग गरेर सम्पदा क्षेत्र निर्माण हुन नसक्ने बताएका छन् ।

सोमवार ललितपुर महानगरपालिकाको १०५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले ललितपुरमा तीन ठाउँमा बन्न लागेका फलाइ ओभरहरू सबै एक चरणमा बनाउनुपर्नेमा जोड दिए । उनले सम्पदा शहरका मन्दिर, देवालयहरु टेण्डर बनाएर काम काम सम्पन्न हुनै धेरै समय लाग्ने बताए ।

उनले भने, ‘ग्वार्कोको फलाइ ओभर छिटो बनोस् । यहाँको ट्राफिक व्यवस्थापन यति अस्तव्यस्त भयो की कुरा गरेर साध्य छैन । एकान्तकुना, ग्वार्कोसहितका तीन वटा पुल एकै पटक बनाऔँ । चाहे २४ वा ३० महिना लागोस् । त्यसको लागि एउटा पुल बनाउन ललितपुर महानगरपालिकाले लगानी गर्नेछ । म प्रधानमन्त्रीज्यूलाई आग्रह गर्दछु । यही वर्षमा १२ करोड र अर्को वर्षमा १२ करोड राखाराखै सकिन्छ । तर एकै पटकमा सबै सक्नुपर्छ । यो सम्पदा शहरका मन्दिर, देवालयहरु टेण्डर बनाएर काम गर्दा केही हुँदैन । सार्वजनिक खरिद ऐन, २०६३ को प्रयोग नगरी बनाएका मन्दिरहरू छिटो बनेका छन् । यो ठुलो कुरा हो । सार्वजनिक खरिद ऐन, २०६३ लगाए कुनै पनि मन्दिर बन्दैनन् । सम्पदा क्षेत्र निर्माणका लागि सार्वजनिक खरिद ऐन नलगाइदिनुस् ।’

मेयर महर्जनले ओखरपौवाका जनतालाई काठमाडौं उपत्यकाका मानिसले पाप दिएको जस्तो भएको भन्दै त्यसो गर्नु नहुने बताए । उनले दीर्घकालीन रूपमा काठमाडौं उपत्यकाको फोहोर चाँडो व्यवस्थापन गर्न आवश्यक रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ