arrow
ADVERTISEMENT

राम्रा काम गर्न खोज्दा सरकार सबैतिरबाट घेराबन्दीमा पर्‍यो : वर्षमान पुन

अहिलेको नयाँ शक्ति माओवादी

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ३ मंगलबार
barsaman-pun2.jpg

मकवानपुर ।  नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले अहिलेको नयाँ शक्ति भनेको माओवादी भएको दाबी गरेका छन् । उनले सरकारले राम्रा काम गर्न खोज्दा सबैतिरबाट घेराबन्दी भएको बताए । 

यो सरकारले सुशासनका विषयमा धेरै काम गरेको बताउँदै नेता पुनले अब सरकारले गति लिनेमा विश्वास व्यक्त गरे । एमाले पनि २०५१ मा फुटेपछि पहिलो पार्टी बन्न १९ वर्ष लागेको उल्लेख गर्दै उनले माओवादी पनि त्यही लाइनमा रहेको बताए । 

पहिलो चौमासिकमा सरकारको काम सुस्त देखिनु स्वाभाविक रहेको बताउँदै आगामी चौमासिकमा सरकारको गति उच्च रहने तर्क गरे । सरकारले सुशासनको सन्दर्भमा गरेको राम्रो कामलाई असफल बनाउन घेराबन्दी भइरहेको भन्दै उनले राम्रो कामलाई सबै दलले सहयोग गर्नुपर्ने संस्कारको विकास जरुरी रहेको बताए । सरकारले सोचेजस्तो खर्च गर्न नसकेको कुरा सही रहेको बताउँदै पुनले खर्च गर्ने प्रणालीको पुननिर्माण गर्नुपर्ने धारणा व्यक्त गरे । 

नेता पुनले २०६४ सालमा संविधान बनाउन नसकेर संसद् विघटन गर्नु नै पार्टी ओरालो लाग्नुको प्रमुख कारण भएको बताए । त्यसयता माओवादीमा आएको टुटफुट पनि ठूलो समस्या भएको भन्दै उनले अब माओवादी कमब्याकको चरणमा रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ