arrow

घात गर्नेलाई कारबाही गरौँ भन्दा दिँदैनन्-देउवा, आफ्नै छायासँग डर लाग्छ-कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ३ मंगलबार
deuba-shekhar.jpg

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाटीभित्र घात अन्तर्घात कायम रहेको भन्दै असन्तुष्टि जनाएका छन् । 

सोमबार नेपाली कांग्रेसको ‘प्रथम जिल्ला सम्मेलन’लाई सम्बोधन गर्दै सभापति देउवाले आफ्नो पाटीभित्र घात अन्तर्घात कायम रहेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

 “कांग्रेसभित्र खुट्टा तानातानको प्रवृत्ति विगतदेखि अहिलेसम्म छ । घात गर्नेलाई कारबाही गरौँ भन्दा दिँदैनन्,” उनले भने, “पार्टीलाई हराभर बनाएर ठूलोमात्र होइन, बहुमत प्राप्त दल बनाउन सबैको साथ हुनुपर्छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले कांग्रेस भित्रको गुटउपगुट हटाई पार्टी एक ढिक्का भए अर्को चुनावमा बहुमत ल्याउन सक्ने विश्वास व्यक्त गरे ।

उनले समावेशी र समानुपातिक निर्वाचन प्रणालीलाई सुनिश्चित गराई ‘राम्रो संविधान’ बनाएको कारण राजनीतिक दलले बहुमत ल्याउन सक्ने अवस्था नभएको बताए ।

“अहिलेको संविधानमा आदिवासी जनजाति, महिला तथा दलितलगायत पछि परेका समुदायको प्रतिनिधित्व अनिवार्य गराई संविधान राम्रो बनायौँ । तर, कुनै एक दलले बहुमत ल्याउन सक्ने अवस्था यो निर्वाचन प्रणालीबाट सकिन्न,” उनले भने, “निर्वाचनमा ठूलो दल भए पनि बहुमत नभएको कारण एक अर्को दलसँग मिलेर सरकार सञ्चालनमा सहभागी भएका छाँै ।”

कार्यक्रममा कांग्रेसका नेता शेखर कोइरालाले पार्टी अहिले पनि बलियो अवस्थामा रहेको भन्दै आन्तरिक घात गर्नेबाट पार्टीलाई कमजोर बनाएको आरोप लगाए । “कांग्रेस अहिले पनि मजबुत छ । सङ्गठन चुस्त बनाएर लगे कसैले हराउन सक्दैन ।” 

नेता कोइरालाले भने, “आफ्नै छायासँग डर लाग्छ । आफ्नै साथीसँग सुरक्षित हुन चुनौती छ ।” उनले पार्टीलाई सुधार गरेर अघि बढाउनलाई पार्टी र पार्टीबाट प्रतिनिधित्व गरेका जनप्रतिनिधिबीच सहकार्य हुन आवश्यक रहेको सुझाव दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ