arrow

आईपीएल अक्सनः कीर्तिमानी अलराउन्डर रचिन रविन्द्रले चेन्नईबाट खेल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ३ मंगलबार
rachin-ravindra-nz-record.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । न्यूजिल्याण्डका कीर्तिमानी अलराउन्डर रचिन रविन्द्रले इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सबाट खेल्ने भएका छन् ।

मंगलबार यूएईको दुबईमा भएको खेलाडी अक्सनमा चेन्नईले रविन्द्रलाई एक करोड ८० लाख भारुमा किनेको हो । न्यूनतम ५० लाख भारु मूल्य रहेका रविन्द्रलाई दिल्ली क्यापिटल्स, पञ्जाव किंग्सले चासो देखाए पनि अन्ततः चेन्नईले बाजी मारेको थियो ।

 भारतीयमूलका रविन्द्रले हालै सम्पन्न एक दिवसीय विश्वकप क्रिकेटमा शानदार प्रदर्शन गरेर सबैलाई प्रभावित पारेका थिए । 

त्यस्तै जारी खेलाडी अक्सनमा चेन्नईले भारतीय बलर सार्दुल ठाकुरलाई ४ करोडमा किनेको छ । त्यस्तै अफगानिस्तानका अजमातुल्लाह ओमरजाईलाई गुजरात टाइटन्सले ५० लाख भारुमा किनेको छ ।  

त्यसैगरी सनराइजर्स हैदराबादले श्रीलंकाका वानिन्दु हसरंगालाई १.५ करोड भारुमा किनेको छ भने विश्वकपमा शानदार प्रदर्शन गरेर अस्ट्रेलियालाई विश्वकप जिताएका ट्राभिस हेडलाई सनराइजर्स हैदरावादले ६.८ करोड भारुमा किनेको छ ।

त्यस्तै इङ्गल्याण्डका विस्फोटक ब्याट्सम्यान ह्यारी ब्रुकलाई दिल्ली क्यापिटल्सले ४ करोड भारुमा किनेको छ भने वेस्टइन्डिजका रोभमन पावेललाई ५.४ करोडमा राजस्थान रोयल्सले किनेको छ ।          



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ