- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले आगामी चैतमा मुलुकमा जे पनि हुन सक्ने भन्दै सचेत रहन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेस गण्डकी प्रदेशको पोखराको सभागृहमा भइरहेको प्रथम सम्मेलनमा सम्बोधन गर्दै नेता भण्डारीले भने, मुलुकमा आगामी चैतमा जे पनि हुन सक्छ, विचार गरौँ ।’
उनले विभिन्न हल्लाहरु चलिरहेकोतर्फ इंकित गर्दै भने, ‘यो संविधान खारेज हुन सक्छ । उनले धार्मिक स्वतन्त्रता खुला गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
उनले पार्टीमा आएका समस्या समाधान कसले गर्ने हो ? जिम्मेवारी खोइ भनी प्रश्न गरे । उनले नीति, योजनाका बारेमा बाहिर बसेर गफ नगरी केन्द्रीय समितिमा छलफल गरेर अघि बढ्न पनि सुझाव दिएका छन् ।
उनले अरुको कुरा सुनेर अघि बढ्दा समस्या निम्तिएको भन्दै कांग्रेस बचाउने हो भने प्रदेश संरचना र निर्वाचन प्रणालीमा विचार गर्नुपर्ने बताए ।