arrow

कांग्रेसले प्रधानमन्त्रीको रिपोर्ट कार्ड माग्नुपर्छ – शेखर कोइराला

logo
हरि पन्त, 
प्रकाशित २०८० पुष ३ मंगलबार
shekhar-koirala-2080-09-03.jpg

पोखरा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीले कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरुको रिपोर्ट कार्ड मागे कांग्रेसले प्रधानमन्त्रीको रिपोर्ट कार्ड माग्नुपर्ने बताएका छन् । 

नेपाली कांग्रेस गण्डकी प्रदेशको पोखराको सभागृहमा भइरहेको प्रथम सम्मेलनमा विशिष्ट अतिथिको रूपमा सम्बोधन गर्दै डा. कोइरालाले भने, ‘प्रधानमन्त्रीले मन्त्रीको रिपोर्ट कार्ड त माग्नुहोला तर कांग्रेसले प्रधानमन्त्रीको रिपोर्ट कार्ड माग्नुपर्छ ।’

उनले सरकारले जे गर्छ त्यसमा हो मा हो हैन कि यसो गर्नुपर्छ भनेर सुझाव  दिइरहनु पर्नेमा जोड दिए । 

कांग्रेस जुर्मुराएर सरकारको नेतृत्व गरेर सबै समस्या समाधान गर्नुपर्नेमा पनि नेता कोइरालाले जोड दिएका छन् । 

उनले अबको चुनावमा कांग्रेस एक्लै लड्नुपर्नेमा जोड दिए । उनले भने, ‘एक ढिक्का भएमा कांग्रेसलाई कसैले हल्लाउन सक्दैन । कांग्रेस कमजोर हुन्छ त आफैँ हुन्छ, आफ्नै कारणले हुन्छ ।’

नेता कोइरालाले पार्टीको १५ औँ महाधिवेशन धेरै टाढा भएकाले पीर नगर्न पनि आग्रह गरेका छन् । उनले वैचारिक हिसावले गुट चले ठीक हुन्छ तर गुटले पार्टी सिध्याउन नहुनेमा जोड दिए । 

उनले पछिल्लो समय युवाहरु विदेशिने क्रम नरोकिएको भन्दै यसमा समीक्षा गर्न आवश्यक भएकोमा जोड दिए । उनले भने, ‘नेपाली युवाहरु किन विदेशतिर होमिए ? यसमा समीक्षा गरौँ । नेपालमा विकास गर्न आवश्यक छ, कृषिमा ध्यान दिन जरुरी छ । उत्पादनमा ध्यान दिन आवश्यक छ ।’

नेता कोइरालाले जनशक्ति नै नभएकाले व्यवसायीहरुसमेत पलायन हुने अवस्थामा पुगेको भन्दै पार्टीले यतातर्फ गम्भीर भएर ध्यान दिनुपर्नेमा जोड दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ