arrow

अबको महासमितिले कांग्रेसका तमाम समस्या अन्त्य गर्नुपर्छ – सहमहामन्त्री परियार

logo
हरि पन्त, 
प्रकाशित २०८० पुष ३ मंगलबार
jeewan-pariyar-2080-09-03.jpg

पोखरा । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीको महाधिवेशनमा तय भएका नाराअनुसार काम हुन नसकेको बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशको पोखराको सभागृहमा भइरहेको प्रथम सम्मेलनमा बोल्दै नेता परियारले नभएको बताएका हुन् । 

उनले भने, ‘महाधिवेशनमा तय भएका नाराअनुसार काम हुन सकेन ।’ नेता परियारले पार्टी देशकै ठूलो दल भए पनि समानुपातिकमा भने दोस्रो भएको नभुल्न पनि आग्रह गर्दै भने, ‘कांग्रेसले अन्य दललाई एकीकृत गरेर अघि बढ्न नसकेको हो ।’

उनले अबको महासमितिले तमाम समस्या अन्त्य गर्नुपर्नेमा जोड दिँदै प्रदेश सरकारका गुनासो सम्बोधन गर्ने गरी पार्टीले ध्यान दिनुपर्ने बताए । 

मुलुकमा बेथितिले जरो गाडेको भन्दै लथालिंग अवस्थालाई पार्टीले विशेष ध्यान दिनुपर्ने बताए । उनले भने, ‘विश्वविद्यालय थपेका छौँ तर क्षमता विस्तारमा ध्यान दिइएको पाईँदैन । विमानस्थलमा अन्तर्राष्ट्रिय जहाज उडाउन नसकेकोप्रति प्रदेश सरकार र पार्टीले ध्यान दिनुपर्नेछ ।’

उनले अगाडि भने, ‘अन्तर्राष्ट्रिय पर्यटकीय राजधानीका रुपमा यसमा आवश्यक पर्ने विकासमा ध्यान दिनुपर्छ । पोखरा–मुग्लिन सडक निर्माण चाँडो सक्न दबाब दिनुपर्छ । पोखरा–स्याङ्जा–भैरहवाको सडक चार लेनको बनाउनुपर्छ ।’

सहमहामन्त्री परियारले २०७३ सालमा कांग्रेस नेतृत्वको सरकारले पोखरा हेम्जाको सडक निर्माणका लागि योजना पारेको तर केपी शर्मा ओेलीले केही दिन अघि पोखरा आएर सरासर झुट बोलेको आरोप लगाए । 



नयाँ