arrow

भाजपाबाट चुनाव लड्ने कंगनाको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ४ बुधबार
kanganas.JPG

काठमाडौँ । बलिउड अभिनेत्री कंगना रनौतले बलिउडमा आफ्नो छुट्टै पहिचान बनाएकी छिन् । 

कंगनाले चुनाव लड्ने अड्कलबाजी प्रायः हुने गरेको छ । यसैबीच कंगनाका पिता अमरदीप रनौतले छोरी चुनाव लड्ने खुलासा गरेका छन् ।

कंगना रनौत लोकसभा चुनाव २०२४ मा लड्ने तयारी गरेकी छन् ।  

भारतीय सञ्चारमाध्यमका अनुसार कंगनाका बुबा अमरदीपले आफ्नी छोरी भाजपाको टिकटबाट २०२४ को लोकसभा चुनाव लड्ने पुष्टि गरेका छन्। 

अमरदीपले एक अन्तर्वार्तामा कंगना भाजपाको टिकटमा मात्र चुनाव लड्ने बताएका छन् । कंगनाले कहाँबाट चुनाव लड्ने भन्ने निर्णय पार्टीले गर्ने अमरदीप रनौतले बताए । 

कंगनाले भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डासँग कुल्लुको शास्त्रीनगरस्थित उनको निवासमा भेट गरेकी थिइन् । यसपछि कंगना रनौत भाजपाबाट चुनाव लड्ने अड्कलबाजी बढेको छ । 

कंगना प्रायः भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदीको कामको तारिफ गर्ने गर्छिन्। यद्यपि कंगनाले चुनाव लड्ने भनिएपछि आधिकारिक रूपमा सार्वजनिक भइसकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ