arrow

हनी ट्र्यापमा पारेर पैसा असुलेको अभियोगमा तीन महिलालाई डेढ वर्ष कैदको सजाय

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ४ बुधबार
honey-trap-jail-dang.jpg

दाङ । एक कानून व्यवसायी पुरुषलाई हनी ट्रयापमा पारेर पैसा असुलेको अभियोगमा धरौटीमा छुटेका घोराहीका तीन महिलालाई अदालतले कैद र जरिबानाको फैसला सुनाएको छ । 

तत्कालीन दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले हनी ट्र्यापमा पारेर पैसा असुलेको अभियोगमा तीन जना महीलालाई मुद्धा चलाएका थिए । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा हाल्ने धम्की दिई १८ लाख असुल्ने तीन महिलालाई दाङ जिल्ला अदालतले जनही डेढ वर्ष कैद र जरिबाना गर्ने फैसला गरेको अदालतका तहसिलदार निरञ्जनबाबु पाण्डेले बताए ।

जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको एकल इजलासले कानून व्यवसायीबाट १ लाख नगद र १७ लाख चेक बुझेका घोराही १५ का ३२ वर्षीया सीतादेवी थापा १५ हजार रुपैँया, ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुष्मा परियारलाई कैदसहीत जनही १० हजार रुपैयाँ जरिबाना गर्ने अदालतले फैसला गरेको अदालतका श्रेष्तेदार दामोदर घिमिरेले जानकारी दिए । 

बारा जिल्लामा प्रहरी प्रमुख रहेका एसपी काफ्लेले हनी ट्रयापमा संलग्नलाई कानूनी दायरामा ल्याई अदालतले फैसला सुनाएकोमा धन्यवाद दिँदै आफूले गरेको अनुसन्धान सफल भएकोमा खुशी ब्यक्त गरे । 

उनीहरुले शुरुमा ५० लाख रुपैयाँको बार्गेनिङ गरेको र अन्तमा १८ लाखमा कुरा मिलाएको यसअघि प्रहरी अनुसन्धानबाट खुलेको थियो । 

ती महिलाबाट १७ लाखको चेक पनि प्रहरीले बरामद गरेको थियो । उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को ठगी, आपराधिक विश्वासघात तथा आपराधिक सम्बन्धी कसूरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसूर गरेको अभियोगमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गरेर सरकारी वकिलमार्फत अदालतमा मुद्धा चलेको थियो ।  

उपदफा ३ ख बमोजिम कसैको व्यवसायमा गैरकानूनी तरिकाले कुनै क्षति पुर्‍याउने वा चरित्रमा झुठो दोष लगाउने नियतले डरत्रास देखाई आपराधिक लाभ लिएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबानाको कानूनी प्रावधान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ