arrow

पर्यटकलाई अनावश्यक दुःख दिने पाँचसहित १० जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ५ बिहिबार
pakrau-pokhara.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको लेकसाइड क्षेत्रमा पर्यटकहरुलाई दुःख हैरानी दिएको आरोपमा पाँच जना पक्राउ गरेको छ ।

उनीहरुले लेकसाइडको बिजीबी गल्लीमा सोमबार मध्यराति विदेशी तथा स्वदेशी पर्यटकहरुलाई बाटोमा नशालु पदार्थ सेवन गर्नका लागि दवाव दिने र नमानेमा हैरानी दिएको आरोपमा उनीहरुलाई  पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १६ दीप बस्ने वर्ष २० का डिलन श्रीष मगर, माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ बस्ने बर्ष २० का सन्देश विक, पोखरा-६ ठाडोपसल बस्ने वर्ष ३० का सुरेश थापा, पोखरा-६ जरेवर बस्ने वर्ष २९ का महेन्द्र भण्डारी र गोरखाको भिमसेन गाउँपालिका वडा नं. ८ का वर्ष ३२ का सुरेश थापा रहेका छन् ।

यता, मंगलबार बिहान करिब ६ बजे लेकसाइडको स्ट्रिट नं. ४ मा मादक पदार्थ सेवन गरी मर्निङ वाकमा हिँडिरहेका महिलाहरुलाई अपशब्द प्रयोग गरी हातपात गर्न खोजेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा वाग्लुङ नगरपालिका वडा नं. १२ घर भई हाल पोखरा महानगरपालिका वडा नं. ६ बस्ने वर्ष २७ का डेविड भन्ने डिल्ली प्रसाद पौडेललाई रहेको प्रहरीले जनाएको छ । 

यता, सोमबार राति करिब ८ बजे मादक पदार्थ सेवन गरी लेकसाइडमा होहल्ला गरेको आरोपमा चार जनामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाग्लुङको काठेखोला गाउँपालिका वडा नं. ५ घर भई पोखरा-५ मालेपाटन बस्ने बर्ष २६ को विक्रम थापा र स्याङ्जा गल्याङ नगरपालिका वडा नं.१ घर भई हाल पोखरा-१४ काजिपोखरी बस्ने बर्ष ३१ को आशिष थापा, पोखरा-१४ बस्ने वर्ष ३२ का शिवबहादुर कार्की र पोखरा-९ बस्ने बर्ष २७ का शंकर भुजेल रहेका छन् ।

उनीहरुलाई पोखराको पृथ्वीचोकस्थित चाईनापुलबाट सोमबार नै पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । 

पक्राउ परेका सबैबिरुद्ध अभद्र व्यवहार सम्वन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पहिलोपटक सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ