arrow

नेपाली सेनाभित्र जन्ममितिको विवाद

प्रधान सेनापति भन्छन्- सेनाभित्र जन्ममितिको विवाद छैन

सेनालाई कमजोर बनाउन खोज्ने गिरोह सक्रिय

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ५ बिहिबार
prabhuram-sharma-nepal-army.jpg

काठमाडौँ । नेपाली सेनामा उमेर विवाद देखिएपछि प्रधान सेनापति प्रभुराम शर्माले आफ्नो मुख खोलेका छन् । 

नेपाली सेनाभित्र भावी प्रधानसेनापतिको रूपमा हेरिएका रथी अशोकराज सिग्देलको जन्ममितिमा विवाद नरहेको प्रधान सेनापति शर्माले बताएका हुन् । 

बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुगेका शर्माले नेपाली सेनालाई कमजोर बनाउन खोज्ने गिरोहले सेनाभित्रका व्यक्तिहरूको जन्ममितिमा विवाद झिकिदिएका बताए । 

नेपाली सेनाका तत्कालीन उपरथी ताराध्वज पाण्डे र नेपाली सेनाका रथी अशोकराज सिग्देलको जन्ममितिमा विवाद नभएको सुनाए । 

विसं २०२३ माघ १९ गते कपिलवस्तुमा जन्मिएका रथी सिग्देल २०४३ फागुन ३ गते नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरी २०४५ जेठ १९ गते नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी भएका थिए । 

हालै उनले उपरथीबाट बढुवा भई रथीको दर्ज्यानी चिन्ह लिएका छन् । 

जन्ममितिमा विवादकै कारण यसअघि उपरथी ताराध्वज पाण्डेलाई सेनाको बोर्डले रथी बढुवाका लागि सिफारिस गरेको भए पनि उनको उमेर विवाद देखिएपछि राजीनामा दिएर बाहिरिएका थिए । 

शर्मालेले कागजात सही हुँदाहुँदै पनि उपरथी पाण्डेले विवादमा परेपछि आफूसँगको सल्लाहमा नै राजीनामा दिएको उल्लेख गरे ।
 
उनले भने – ‘एउटा तत्त्व छ नेपाली सेनालाई कमजोर बनाउने, अरूको अगाडी गिराउन खोज्ने यो गिरोहको काम हो । विवाद मात्रै ल्याएर हुँदैन । ति विवाद ल्याउनेलाई कारबाही गर्ने कानुन हुनुपर्‍यो । जे पनि बोल्न पाइने । जे पनि भन्न पाइने । उनीहरूलाई कसैले केही कारबाही नहुने भएपछि त जे पनि भन्दिन्छन् नि । यी पनि जसले यो कुरा ल्यायो, जसले नेपाली सेनालाई बरबाद गर्नेतिर लाग्यो तिनलाई पनि कारबाही गर्ने कानून हुनुपर्‍यो । नेपाली सेनाले कहिल्यै पनि गलत कामलाई ठिक भन्दैन । पत्याउँदैन ।’

शर्माले आफूहरूले जिल्ला प्रशासन कार्यालय, एसएलसी बोर्ड र त्रिभुवन विश्वविद्यालयसँग पनि बुझेको भन्दै ति सबै कागजपत्र हेर्दा उमेरमा विवाद नदेखिएको स्पष्ट पारे । उनले सेनालाई गिराउन खोज्ने तत्त्वले अनावश्यक विवाद निकालेका बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ