arrow

बुद्ध एयरको उड्न लागेको विमानको आकस्मिक ढोका खुलेपछि 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ५ बिहिबार
buddha-airlines.jpg
तस्बिर – फाइल ।

पोखरा । काठमाडौँका लागि उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका खुलेको छ । बिहीबार बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौँका लागि उड्न लागेको उडान नं ६५२ को बुद्ध एयरको विमानको आकस्मिक ढोका खुलेको हो । 

विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको थियो । ढोकासँगै रहेका यात्रुले खोलेको बताइएको छ । यात्रुको खुट्टाले लागेर ढोका खुलेको बताइएको छ । ती यात्रुलाई प्रहरीले सोधपुछ गरेको छ । 

सँगै यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले अध्ययन गरिरहेका छन् । ढोका के कारणले खुलेको हो भन्ने चेकजाँचपछि मात्रै वास्तविक थाहा हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ