- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । संस्कृति, पर्यटना तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अभिब्यक्तिलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको छ । ‘क्रिश्चियन नमान्ने संविधान विरोधी हुन्’ भन्ने संस्कृति मन्त्री किराँतीको अभिब्यक्तिलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको हो ।
यसै बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलामिछानेले पनि मन्त्री किराँतीले त्यो अभिब्यक्ति फिर्ता लिनुपर्ने तथा तत्काल पदबाट राजीनामा दिनु पर्ने बताएका छन् ।
‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति सामाजिक सद्भाव र सहिष्णुता खल्बलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा विपरीतको र अत्यन्तै खेदजनक छ,’ उनले भनेका छन्, ‘यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने ब्यक्ति संस्कृति मन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्रीज्यू गम्भीर ध्यानाकर्षण होस् ।’