arrow

चोरीका फोन ल्याएर बेच्ने गिरोहका नाइके पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ५ बिहिबार
Arrest-Crime.jpg
तस्बिर – फाइल ।

काठमाडौँ। भारतको नयाँ दिल्लीबाट चोरीका फोनहरु नेपालमा ल्याएर बेच्ने गिरोहको नाइकेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यो गिरोहका मुख्य नाइके ३७ वर्षीय अलि हुसेनलाई प्रहरीले पक्राउ गरेको हो । हुसेनबाट प्रहरीले १२४ ओटा फोन र १९ लाख भारु पनि जफत गरेको छ । 

प्रहरीले चोरीका फोन करोल बागमा संकलन गर्ने काम भइरहेको थाहा पाएपछि निगरानी बढाएको थियो । प्रहरीले हुसेनको साथबाट ८ थान फोन फेला पारेको थियो । सोधपुछको क्रममा हुसेनले देवनगरस्थित आफ्नो घरमा १२०–१३० थान फोन र १९ लाख भारु नगद लुकाएर राखेको बताएका थिए । 

हुसेनका दाइ इर्फानले चोरीको मोबाइल बेच्ने गर्दथे । उनको मृत्यु पछि हुसेन आफैँ यो गैरकानूनी व्यवसायमा सामेल भएका थिए । तीन वर्षदेखि उनले दिल्ली–एनसीआरबाट चोरीका फोनहरु संकलन गरेर महँगो पैसामा ती फोन नेपालमा बेच्दै आएको प्रहरीले बताएको छ । 

हुसेनले चोरीका फोनको लक हटाउन लगाउँथे । कभर र स्क्रिन फेर्थे र नयाँ जस्तै बनाएर नेपालीलाई बेचिदिन्थे । 

गिरोहका बाँकी सदस्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ