arrow

कोइलाखानीमा दुर्घटना हुँदा १२ को मृत्यु १३ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ५ बिहिबार
china-flag-ani.jpg
तस्बिर – फाइल ।

सांघाई । उत्तरपूर्वी चीनको एक कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु हुनाको साथै १३ जना घाइते भएको राज्य नियन्त्रित सञ्चारमाध्यमले बिहीबार जनाएको छ ।  

स्थानीय समय अनुसार घटना दिउँसोको ३ः५० बजे हेइलोङजियाङ प्रान्तको जिक्सी सहरको बाहिरी भाग स्थित कोईला खानीमा भएको  राज्य प्रसारक सीसीटीभीले जनाएको छ । 

दुर्घटनामा १२ जनाको मृत्यु तथा १३ जना घाइते भएको तथा घाइतेलाई उपचारको लागि अस्पताल पठाएको तथा थप अनुसन्धान भइरहेको सीसीटीभीले जनाएको छ । 

आधिकारिक तथ्याङ्क अनुसार गत बर्ष मात्र एक सय ६८ वटा खानी दुर्घटनामा दुई सय ४५ जनाको मृत्यु भएको थियो ।  

गत नोभेम्बरमा हेलोङजियाङस्थित कोइला खानीमा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो ।

यसैगरी सेप्टेम्बरमा चीनको गोन्झाउ प्रान्तको एक कोइला खानीमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ