arrow

सन्तोष कोइराला माछापुच्छ्रे बैंकको सीईओमा पुनः नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ५ बिहिबार
santosh-koirala-machhapuchh.jpg

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष कोइराला पुनः अर्को कार्यकालका लागि नियुक्त भएका छन्।

बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सन्तोष कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। 

साढे दुई दशक भन्दा लामो अनुभव संगालेका कोइरालाले आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन् ।

उनको पहिलो कार्याकालमा माछापुच्छ्रे बैंक वित्तीय सूचाकांकमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा फड्को मार्नुका साथै, संस्थागत सुशासनमा अब्बल सावित हुन सफल भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ