arrow

सुनको सिक्री लुट्ने युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ६ शुक्रबार
Suman Pariyar.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सुनको सिक्री लुटेर भागेका युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ४ सिद्धार्थचोक बस्ने वर्ष २७ का सुमन परियार रहेका छन् । 

कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार पुस ४ गते राति करिब १२ बजे पोखरा-९ महेन्द्रपुलमा एक युवकको घाँटीमा लगाइरहेको सिक्री सुमनले लुटेर भागेका थिए । 

उनले पोखरा २७ जरुवाका २९ वर्र्षीय हेमन्त पुनको घाँटीबाट सिक्री लुटेका थिए ।

सिक्री लुटिएको सूचना पाएलगत्तै प्रहरी खटिएर उनलाई पक्राउ गरिएको हो । उनको साथबाट लुटिएको सिक्रीसमेत बरामद भएको छ । 

उनलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी विकले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ