- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक धुव्रीकरण आवश्यक रहेको बताएका छन् ।
ललितपुर च्यासलस्थित एमाले पार्टी कार्यालयमा शनिबार बागमती प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले नीतिगत श्रेष्ठताका आधारमा राजनीतिक नेतृत्व ध्रुवीकरण हुनुपर्ने बताए ।
“देश बनाउने हो भने राजनीतिक ध्रुवीकरण अपरिहार्य छ”, महासचिव पोखरेलले भने ।
उनले जनताले विकास र परिवर्तन खोजेको भन्दै देशको विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको दाबी गरे ।
महासचिव पोखरेलले भने, “देश जोगाउने र स्वाधिनता बलियो बनाउने हो भने एमाले रोज्नुपर्छ ।”
मुलुकलाई नीतिगत पथमा डोर्याउन नसकेसम्म लोकतन्त्र सही बाटोमा जान नसक्ने उनको भनाइ छ ।
महासचिव पोखरेलले मुलुकलाई अगाडि बढाउन आर्थिक, सामाजिक विकास र रुपान्तरणको कामलाई तीव्रता दिनुपर्ने बताए ।