arrow

अरू नेता प्रवास गए, किसुनजी नेपाली माटोबाटै पञ्चायतविरुद्ध लड्नुभयो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ८ आइतबार
purnabahadur-khadka-2080-09-07.jpg

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पञ्चायतलाई परास्त गर्न स्व. नेता कृष्णप्रसाद भट्टराईको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

आइतबार पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्म दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पञ्चायतको विरुद्धको आन्दोलनलाई नेपाली माटोबाटै लडेर जित्नको लागि नेता भट्टराईले स्वदेशमै बसेर आन्दोलनको नेतृत्व गरेको भन्दै नेता भट्टराईको सङ्घर्ष विशेष रहेको बताए । 

उनले स्व. नेता बिपी कोईराला लगायतका नेताहरू पञ्चायतविरुद्धको आन्दोलनका लागि प्रवासमा गए पनि नेता भट्टराईले स्वदेशमै रहेर आन्दोलन गर्नु विशेष रहेको बताए ।

उनले भने, ‘नेता श्रद्धेय किसुनजी जसले पञ्चायतको विरुद्धको आन्दोलनलाई पनि, लोकतन्त्रको पुनः स्थापनाका लागि पनि नेपाली माटोमै बसेर जननायक बिपी कोइराला लगायतका नेताहरू प्रवासमा जानुभयो, त्यहाँबाट पनि सङ्घर्ष गरे त्यो एउटा पाटो पनि किसुनजीको विशेष छ । उनले नेपाल नछोडीकन नेपालभित्रै बसेर, नेपालकै माटोमा बसेर सङ्घर्ष गर्नुपर्छ र यहीँ भित्रैबाट पञ्चायतलाई परास्त गर्नुपर्छ भन्ने अर्को धारको नेतृत्व गर्दै यहीँ बसेर हामी भन्दा अघिका नेताहरूलाई अगुवाइ गर्दै हिँड्नुभयो । हामीले पार्टी र सरकार सञ्चालनमा उनले देखाएका बाटोहरू, उनको निष्ठाको कुरा गर्छौँ, जीवन जगतको कुरा गर्छौँ, त्यसमा कति प्रतिशत उनको बाटोमा हिँडाउन सकेका छौँ । त्यसमा हामीले स्मरण गर्दै, भएका कमजोरी सच्याउने, गल्ती नगर्ने र हुन दिने छैनौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ