arrow

माछापुच्छ्रे बैङ्कद्वारा व्यावसायिक सीपमूलक तालिम कार्यक्रमको आयोजना

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ८ आइतबार
mbl-crs-2080.jpg

काठमाडौँ। माछापुच्छ्रे बैङ्क लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिराहा जिल्लाको कर्जनहा स्थित श्री जनसेवा माध्यमिक (प्राविधिक) विद्यालयमा एक हप्ते व्यावसायिक सीपमूलक तालिम कार्यक्रमको आयोजना गरेको छ।

माध्यमिक तहका विद्यार्थीहरूमा व्यावसायिक र प्राविधिक ज्ञान एवं सिपको विकास गर्ने उद्देश्यले बैङ्कले 'इन्जिनियर विदआउट बोर्डर्स' नामक संस्थासङको सहकार्यमा व्यावसायिक सीपमूलक तालिम आयोजना गरेको हो। बैङ्कले 'इन्जिनियर विदआउट बोर्डर्स' नामक संस्थासँग सहकार्य गरी एक सातासम्म स्कुल प्राङ्गणमा तालिम कार्यक्रम सञ्चालन गरी पुस ८ मा उक्त कार्यक्रम समापनको गरेको थियो। 

उक्त समापन कार्यक्रममा बोल्दै नेपाल सरकार वन तथा वातावरण मन्त्री एवं बैङ्कका पूर्व अध्यक्ष डा. वीरेन्द्र प्रसाद महतोले विद्यालय स्तर देखि नै विद्यार्थीमा व्यावसायिक ज्ञान प्रदान गर्न सकेको खण्डमा भविष्यमा विद्यार्थीहरूले आफ्नो इच्छा लागेको क्षेत्रमा काम गर्न सहज हुने हुँदा यस्ता कार्यक्रमले विद्यार्थीको दक्षता वृद्धि गर्न सहयोग गर्ने बताए।

सोही कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरूमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी गराउँदै आगामी दिनमा पनि बैङ्कले शिक्षा, स्वास्थ्य, दिगो विकास लगायतका क्षेत्रमा स्थानीय निकायहरू सँग सहकार्य गरेर अगाडि बढ्ने बताए।

एक साता सम्म सञ्चालन भएको उक्त सीपमूलक तालिम कार्यक्रममा गोवर ग्यासबाट वायो ग्यास निकाल्ने, पानी फिल्टर गर्ने लगायतका प्राविधिक तालिम तथा ऊनबाट बनेका विभिन्न सजावटका सामानहरू बनाउने व्यावसायिक तालिम विद्यार्थीहरूलाई प्रदान गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ