arrow

पाँचखालबाट गाईको ८५ किलो मासुसहित तीन जना पक्राउ

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० पुष ९ सोमबार
Arrest-Crime.jpg
तस्बिर – फाइल ।

काभ्रेपलाञ्चोक । गाई काटेको अभियोगमा काभ्रेको पाँचखाल नगरपालिका–१ बाट तीन जना पक्राउ परेका छन् ।

आइतबार दिउँसो गाई काटेको सूचना पाएपछि पुगेको प्रहरी टोलीले पाँचखाल १ घुमाउने चौरबाट तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाँचखाल १ का वर्ष ३४ को मिनबहादुर तामाङ, वर्ष ३० को सन्तबहादुर तामाङ र सिन्धुलीको घ्याङलेक गाउँपालिका २ बस्ने वर्ष २७ को अर्जुन लामा थिङ रहेका छन् । उनीहरूको साथबाट गाईको ८५ किलो मासुसमेत बरामद भएको छ ।

पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बनेपामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ