arrow

दक्षिण अफ्रिकाविरुद्ध भारत निरीह

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ११ बुधबार
test-india-sa-AFP.jpg

काठमाडौँ । भारत र दक्षिण अफ्रिकाबीचको पहिलो टेष्ट क्रिकेट सेन्चुरियनमा जारी रहेको छ । मंगलबारदेखि जारी खेलमा भारतले कमजोर प्रदर्शन गरेको छ । 

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले मात्र २४५ रन बनायो । १२१ रन जोड्दा ६ विकेट गुमाइसकेको भारतका लागि लोकेश राहुलले १३७ बलमा १०१ रन बनाएसँगै ६७.४ ओभर खेलेर मध्यम स्कोरमा अलआउट भयो । विराट कोहलीले ३८, श्रेयस अय्यरले ३१ तथा शार्दुल ठाकुरले २४ रन बनाए । 

जवाफमा दक्षिण अफ्रिकाले संयमित ब्याटिङ गर्दै फराकिलो स्कोरतर्फ अगाडि बढेको छ । दोस्रो दिनको खेल चलिरहँदा दक्षिण अफ्रिकाले १ विकेटको क्षतिमा शतक पार गरिसकेको छ । 

भारतले दक्षिण अफ्रिका भ्रमणमा दुई खेलको टेष्ट श्रृंखला खेल्दैछ । यसअघि भएको टी–२० श्रृंखला १–१ को बराबरीमा सकिएको थियो भने तीन खेलको एक दिवसीय २–१ ले भारतले जितेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ