arrow
ADVERTISEMENT

जनताले दबाब दिएका फाइल खुलेका छैनन् : मीन विश्वकर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १२ बिहिबार
min-bishwokarma-2080-03-21.jpg

भक्तपुर। नेपाली कांग्रेसका केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागप्रमुख मीन विश्वकर्माले जनताले दबाब दिएका फाइल खुल्न बाकि रहेको बताएका छन् । 

बुधबार एक कर्यक्रममा कांग्रेस नेता विश्वकर्माले भने, “भ्रष्टाचारका सबै फाइल खोल्छु भनेर गृहमन्त्रीले भन्नुभएको छ तर जनताले दबाब दिएका फाइल खुलेका छैनन्, अर्थतन्त्रमा अपेक्षितरुपमा सुधार हुन सकेको छैन, अब कडाइका साथ त्यता लाग्नुपर्छ ।”

उनले गठबन्धन सरकारको एक वर्षको कार्यकाल विगतको तुलनामा सफल रहेको बताए । संविधान कार्यान्वयन, सुशासन प्रवद्र्धन, परराष्ट्र सम्बन्ध विस्तार गर्न वर्तमान सरकार विगतको दुई तिहाइ नजिकको नेकपाको सरकारभन्दा सफल भएको बताए । 

 नागरिकता विधेयक कार्यान्वयनमा आउनु, विभिन्न ऐन, संसद्मा पेस भएर पारित हुने चरणमा पुग्नु वर्तमान सरकारको उपलब्धि भएको विश्वकर्माले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ