arrow

सलमानलाई 'किस' गर्दै बबीले दिए जन्मदिनको शुभकामना

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १२ बिहिबार
boby-salman.jpg

काठमाडौँ । बलिउडका अभिनेता सलमान खानले हिजो २७ डिसेम्बरमा आफ्नो ५८ औँ जन्मदिन मनाए। 

सलमानको बर्थडे पार्टीको भिडियो र फोटो एकपछि अर्को भाइरल भइरहेका छन् । 

सलमानको जन्मदिनको पार्टीमा धेरै स्टार पनि देखिएका थिए । 

हालै फिल्म ‘एनिमल’ बाट चर्चामा आएका अभिनेता बबी देवलले सलमान खानसँगको आफ्नो तस्बिर इन्स्टाग्राममा सेयर गरेका छन् । 

सो तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । बबीले सलमानलाई जन्मदिनको शुभकामना दिँदै पोस्ट सेयर गरेका छन् । 

 यी तस्बिरहरूमा बबी सलमानलाई किस गर्दै देखिएका छन् । 

 बबीले शेयर गरेका यी तस्विरहरुसँगै क्याप्सनले पनि मानिसहरूको ध्यान तानिरहेको छ । 

बबीले क्याप्सनमा लेखेका छन् ‘लभ यू मामु’ । 

करियरबाट बाहिरिएका बबीलाई सलमानले नै बलिउडमा फर्काएका थिए । 

अहिले उनको चौतर्फी चर्चा हुने गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ