arrow
ADVERTISEMENT

कांग्रेस बैठकको दोस्रो दिन, महामन्त्रीको प्रस्तावमाथि छलफल हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १३ शुक्रबार
congress-meet-2080-09-12.jpg

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज पनि बस्दै छ । 

बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । 

बैठकमा पार्टीको तर्फबाट महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल हुनेछ । 

साथै पार्टीबाट सहभागी मन्त्रीहरूले सरकारमा गरेका कामकारबाही प्रस्तुत गर्नेछन् । 

त्यस्तै राष्ट्रिय सभा निर्वाचन, महासमिति बैठक, साङ्गठनिक विषय र समसामयिक राजनीतिक विषयहरूमा आफ्नो धारणा राख्नेछन् ।

बिहीबारबाट शुरु भएको बैठक आज दोस्रो दिन पनि बस्न लागेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ