arrow

यातायात मन्त्री ज्वालाको गाडीमा आगजनी गर्ने पाँच जना पक्राउ, एकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १३ शुक्रबार
fire-eps-2080-09-13.jpg

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । आज रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

उनले भने, “आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेको हो, हामीले पाँच जना पक्राउ गरेका छौँ, मन्त्रीज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्याएको छ ।” ग्वार्कोस्थित ईपीएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए । 

 यसैबीच प्रदर्शनमा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रदर्शनमा प्रहरीको गोली लागेर २३ वर्षीय सुदन राउतको मृत्यु भएको भनिए पनि प्रहरीले भने त्यसलाई औपचारिक रूपमा जानकारी दिएको छैन । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ