arrow

माछापुच्छ्रे बैङ्क भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा दुई वटा विधाबाट सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १३ शुक्रबार
mbl--visa-excellence-credit-cards-2023.jpg

काठमाडौँ। माछापुच्छ्रे बैङ्क लिमिटेड भिसा पेमेन्ट एक्सिलेन्स इन क्रेडिट कार्ड अवार्ड र एक्सिलेन्स इन पोस अक्वायरिङ  सर्भिस २०२३ बाट सम्मानित भएको छ।

भिसा इन्टरनेसनलद्वारा काठमाडौँमा आयोजित एक लिडरसिप कन्क्लेभ कार्यक्रममा बैङ्कलाई उक्त दुई अर्वाडहरु प्रदान गरिएको छ।
माछापुच्छ्रे बैङ्क लिमिटेडलाई भिसा सदस्यमध्ये एसोसिएट सदस्यतर्फ क्रेडिट कार्ड र पिओएस मेसिन प्रवर्द्धनमा उत्कृष्ट भएकाले उक्त अर्वाड प्रदान गरेको थियो।

हाल स्मार्ट बैङ्कको नारासहित डिजिटल बैङ्किङ क्षेत्रमा नयाँ आयामहरू थप गर्दै आफ्ना ग्राहकहरूलाई सहज र सुरक्षित डिजिटल भुक्तानीका माध्यमहरू प्रदान गर्दै आई रहेको छ। बैङ्कले नगदरहित बैङ्किङलाई बढवा दिदैं पहिलो स्मार्ट बैङ्कको रूपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडी बढी रहेको छ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैङ्किङ सेवा पुर्‍याउने उद्देश्यका साथ बैङ्कले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैङ्किङ सेवा, २०३ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ