arrow

भूपिको सम्झनामा

logo
क्रिस गौतम,
प्रकाशित २०८० पुष १४ शनिबार
krish-gautam-2080-09-14.jpg

जनवादी कविता लेख्ने प्रगतिशील कवि यिनी 
अग्रगामी सोचका शब्द धारिलो दिव्य बनाउनी ।


‘घुम्ने मेचमाथि अन्धो मान्छे’ लाई चिनाएर 
खबरदारी गरिरहने कर्तव्यमा हिँडाएर ।


स्वतन्त्रतता देशभक्ति भूपिका कृति अमर 
मार्कस्वादी सोचका धनी बहुनामका श्रष्टा सरासर ।


साझा पुरस्कारले सम्मान, राष्ट्रका कवि गौरव  
स्वतन्त्रतता देशभक्ति अरु ठूलो केनैछर ।


शहीदको सम्झनामा वीरगाथा हृदयदेखि 
युगौँ युग सम्झाइदिने कर्तव्यका पंक्ति लेखी ।


शहीदको बलिदानले देश स्वतन्त्र भएको छ 
नबिर्सिने गरी यहाँ, तारा झरी गएको छ ।


मिर्मिरे बिहानीका लागि रक्त थोपा चुहाउँदा 
चम्केका तारा झर्नु पर्ने रातो सूर्य उदाउँदा ।


सुन्दर संयम समाजको कल्पना कविको मन 
झ्याउरेमा पनि कलम चल्दछ क्या छ विचित्र पन ।


अनुप्रास छन्दमा लेख्ने, मुक्त छन्द रुचाउने 
शिखर कवि पद पाई सरल भाषा बुझाउने ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ