- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सकिँदैछ । बिहीबारदेखि शुरु भएको बैठक आज पदाधिकारीहरुले जवाफ दिएपछि सकिने प्रचारप्रसार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार बिहीबार र शुक्रबारको बैठकमा बोल्न नपाएका केन्द्रीय सदस्यहरुले आज बोल्नेछन् र पदाधिकारीहरुले जवाफ दिएपछि बैठक सम्पन्न हुनेछ । यो बैठकमा समसामयिक विषय सँगसँगै आसन्न राष्ट्रिय सभा निर्वाचनमा पठाउने उम्मेदवारकोसमेत पनि न्यूनतम मापदण्डका बारेमा चर्चा भइरहेको छ ।
आइतबार तमु (गुरुङ) ल्होसार भएकाले आजै बैठक सकाउन लागिएको हो । बैठकले १६ गते सोमबार मेलमिलाप दिवस मनाउने निर्णय गर्नेछ ।
प्रमुख विश्वकर्माले प्रज्ञा प्रतिष्ठानमा दलहरुलाई बोलाएर मेलमिलापको दिवस मनाउने बताए । कार्यक्रम दिउँसो १ बजेदेखि हुनेछ ।
उक्त कार्यक्रममा सत्ता गठबन्धन दलका नेताहरुसँगै प्रमुख प्रतिपक्ष एमालेसहित दलका नेताहरु सहभागी हुने प्रचार प्रमुख विश्वकर्माले बताए ।
नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला मेलमिलापको नीति लिएर भारतबाट २०३३ सालमा फर्केपछि कांग्रेसले हरेक वर्ष मेलमिलाप दिवस मनाउँदै आएको छ ।