arrow

सूर्य देवको प्रिय दिनमा राशिफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १५ आइतबार
rashifal-horoscope-5.jpg

आजको पञ्चाङ्ग

मिति २०८० पुस १५ गते आइतबार, इस्वीसंवत डिसेम्वर ३१ तारिक सन् २०२३, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४४, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषकृष्णपक्षको चतुर्थी तिथि बिहान १०ः३१ बजेसम्म त्यसपछि षष्ठी तिथि लाग्नेछ । नक्षत्रमा मघा अहोरात्र रहनेछ । विष्कुम्भादि योगमा प्रीति ५१ घटि १६ पलासम्म त्यसपछि आयुष्मान लाग्नेछ । करणमा कौलव अहोरात्र रहनेछ । आनन्दादि योगमा मुद्गर रहनेछ ।

सूर्य धनु राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । आज दिनमान २५ घटि ५४ पला अर्थात १० घण्टा २४ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५६ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः१६ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ८ः१९ बजे र अस्ताउने समय भोलि बिहानमा ०९ः२७ बजे रहेको छ । आज तमु ल्होछार पर्व परेको छ भने कविशिरोमणि लेखनाथ जयन्ति रहेको छ ।

आजको राशिफल

मेष : आज शुभ समय रहेको छ । प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ । साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । प्रेम सम्बन्ध र पढाईको क्षेत्र राम्रो रहनेछ । बोलीको प्रभाव बढ्नेछ । आर्थिक क्षेत्र सबल भएर जानेछ । तर बैंकिङ क्षेत्रले तपाइँलाई निकै तनाव दिन पनि सक्ने ग्रहगोचर परेको छ ।

वृष : बिहानको समय केहि नराम्रो रहेकाले खर्च हुने, विवाद हुने रहेपनि दिउँसोबाट विद्या र बुद्धिले गरेको कामबाट राम्रो लाभ मिल्ने समय छ । प्रेम जीवनमा रहेकाहरुको प्रेमीप्रेमिकाको साथ घुमघाम तथा राम्रो समय व्यतित हुन सक्छ । परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ ।

मिथुन : आज समय शुभ छैन । ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । सामान हराउने वा चोरी हुने सम्भावना छ । नियमित खर्च बढ्न सक्छ । आर्थिक सङ्कटले मनमा अशान्ति हुने छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । टाढाको यात्रा फलदायी हुँदैन । आज पश्चिमतर्फको यात्रा गर्नु पनि राम्रो हुँदैन । नयाँ कामको थालनी सकभर नगर्दा राम्रो हुनेछ ।

कर्कट : आज समय शुभ छ । नयाँ काममा हात हाल्ने समय छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । दाजुभाइ बीच मेलमिलाप हुने देखिन्छ ।

सिंह : आज समय राम्रो छ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ । आज धार्मिक भ्रमण अत्यन्तै राम्रो हुने देखिन्छ ।

कन्या : आज समय भरपर्दो रहनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

तुला : आज समय शुभ छैन । मिहिनेत आफूले गर्नुपर्ने तर जस अर्कैले पाउने कमजोर दिन छ । नोकरी वा व्यवसायका क्षेत्रमा देखापर्ने समस्यामा समय केन्द्रित हुनेछ । आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा हाकिम, मातापिताका साथमा चित्त नबुझ्न सक्छ । मातापिता र अभिभावकवर्गको सेवासुश्रुषामा समय दिनु राम्रो हुन्छ । प्रेम जीवनमा असमझदारी र विद्यार्थीको पढाईमा मन नजान सक्छ ।

वृश्चिक : आज समय शुभ छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आत्मबल बढ्ने छ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ ।

धनु : आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

मकर : आज समय शुभ छ । दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ वा कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइनेछ । आज आफन्तसंगको भेटघाटले मनमा उत्साह छाउने देखिन्छ ।

कुम्भ : आज पनि समय शुभ छैन । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । व्यवहारिक काममा यात्रा गर्नुपर्ने हुन सक्छ । गरिरहेको काममा कडा मेहेनत गर्नुपर्नेछ भने नयाँ काम र लगानीको लागि उचित समय रहेको छैन । स्वास्थ्यमा समस्या आउन सक्छ । पारिवारिक जीवनमा असमझदारी र विद्यार्थीको पढाईमा मन नलाग्न सक्छ । सकभर यात्रा नगर्नुहोला ।

मीन : आज समय राम्रो छ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुन सुरु हुन सक्छन् । विगत सापटी दिएर फिर्ता हुन कठिन भएको धन आज फिर्ता हुने सम्भावना देखिन्छ ।
 

साइतः सूर्य धनु राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । त्यसैले पूर्व र उत्तर बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण र पश्चिमतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ०६ः५२ बजेदेखि ८ः१० बजेसम्म उद्धेग बेला
बिहान ८ः१० बजेदेखि ९ः२८ बजेसम्म चर बेला
बिहान ९ः२८ बजेदेखि १०ः४६ बजेसम्म लाभ बेला
बिहान १०ः४६ बजेदेखि १२ः०४ बजेसम्म अमृत बेला
बिहान १२ः०४ बजेदेखि १ः२२ बजेसम्म काल बेला
दिनमा १ः२२ बजेदेखि २ः४० बजेसम्म शुभ बेला
दिनमा २ः४० बजेदेखि ३ः५८ बजेसम्म रोग बेला
दिनमा ३ः५८ बजेदेखि ५ः१६ बजेसम्म उद्धेग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः१६ बजेदेखि ६ः५८ बजेसम्म चर बेला
साँझ ६ः५८ बजेदेखि ८ः४० बजेसम्म लाभ बेला
राति ८ः४० बजेदेखि १०ः२२ बजेसम्म अमृत बेला
राति १०ः२२ बजेदेखि १२ः०४ बजेसम्म काल बेला
राति १२ः०४ बजेदेखि १ः४६ बजेसम्म शुभ बेला
राति १ः४६ बजेदेखि ३ः२८ बजेसम्म रोग बेला
रातिमा ३ः२८ बजेदेखि ५ः१० बजेसम्म उद्धेग बेला
बिहानमा ५ः१० बजेदेखि ६ः५२ बजेसम्म चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ