arrow

'कुटुमा कुटु'का गायक राजनराज दोलखा महोत्सवमा प्रस्तुति दिँदै 

दोलखाली छोरा राजनको विशेष शो

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १५ आइतबार
rajanraj-shiwakoti.jpg

काठमाडौँ । गायक, सङ्गीतकार तथा गीतकार राजनराज शिवाकोटी दोलखाली छोरा हुन् । उनले सुर्के थैली, कुटुमा कुटु र फुलबुट्टे साडी जस्ता इतिहास रच्ने गीत नेपाली समाजलाई दिएका छन् । 

यी तीन गीतले नेपालकै गीत सङ्गीतमा नयाँ इतिहास रच्ने काम गरेको छ । सुर्के थैली नेपालकै पहिलो पटक युट्युबमा एक करोड भ्युज पुगेको गीत हो । एक करोड भ्युज पुगेपछि कान्तिपुरले सेलिब्रेशन गरेको थियो । 
 
नेपालमै सबैभन्दा धेरै हेरिएको गीतमा उनको गीत पर्छ । अर्को गीत कुटुमा कुटु संसारभर करिब २० करोड भ्यूज भएको छ । 

फुलबुट्टे साडी पाँच भर्सनमा हिट भएको गीत हो । पाँचै भर्सन मध्यै एउटाको १० करोड, अर्काको ३ करोड पुग्दैछ । अर्को भर्सनको २ करोड, अर्को १ करोड पुग्यो भने पाँचौँको एक करोड भ्यूज पुग्ने क्रममा छ । 

यसरी फुलबुट्टे साडीले नयाँ रेकर्ड राखेको छ । यी सबै गीतमा राजनराज शिवाकोटीकै सङ्गीत र रचना रहेको छ । 

यिनै लोकप्रिय गायक राजनराज शिवाकोटीले गृह जिल्ला दोलखामा प्रस्तुति दिने भएका छन् । उनी पूर्वको विराटनगरमा शनिबार प्रस्तुति दिएसँगै आइतबार महोत्तरीको लालगढमा प्रस्तुति दिएर सोही ठाउँकै एक होटलमा अंग्रेजी नयाँ वर्ष मनाएर सोमबार गृहजिल्ला दोलखामा हुने कार्यक्रममा सहभागी हुँदैछन् । 

दोलखा महोत्सवमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन उनले प्रस्तुति दिने भएका हुन् । दोलखा महोत्सवको प्रमुख आकर्षणको रूपमा उनको प्रदर्शनी रहने भएको हो ।

 गृह जिल्लामा कार्यक्रम गर्न पाउँदा आफू उत्साही रहेको राजनराजले  बताए  । उनले भने, 'गृह जिल्लामा मेरो विशेष शो रहनेछ । अहिलेसम्म गृहजिल्लामा राम्रोसँग कार्यक्रम गर्न पाएको छैन । त्यसैले सन् २०२४ को पहिलो दिन 'लक्किलि' आफ्नै जिल्लामा बसेर कार्यक्रम गर्न पाइएकोमा शुखी छु । जिल्लावासीलाई आफ्नो गीत सुनाउन पाइने भयो । पहिले पहिले त्यति धेरै कार्यक्रममा सहभागी हुन पाइएन । यसपालि चाहिँ अलि बढी उत्साहित छु ।' 

उनले दोलखाकै लागि विशेष गीत पनि बनाएका छन् । दोलखा जिल्लालाई नै समेटेर 'प्रकृतिको उपहार हो मेरो दोलखा' छ । महोत्सवको उद्घाटन उक्त गीत बजाएरै गरिएको थियो । 

पुस १३ बाट सञ्चालन भएको दोलखा महोत्सव २३ गते सम्पन्न हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ