arrow

सीजी डिजिटल र जगदम्बा क्रेडिटको सहकार्यमा शून्य प्रतिशत किस्ताबन्दीको सुविधा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १५ आइतबार
CG-Digital-2000-x-2000-px.jpg

काठमाडौँ । सीजी डिजिटल र जगदम्बा क्रेडिटको साझेदारीमा भएको शून्य प्रतिशत किस्ताबन्दीमार्फत अब ग्राहकले कुनै झन्झट बिना, त्यो पनि क्रेडिट कार्ड बिना नै शून्य प्रतिशत ब्याजदरमा एलजी,सीजी र बेको ब्रान्डका घरेलु उपकरणहरू जस्तै टीभी, रेफ्रिजिरेटर, वासिङ मेसिन र एयर कन्डिसनर सुपथ मुल्यमा खरिद गर्न सक्नेभएका छन् । 

यो सहकार्यले इलेक्ट्रोनिक्स उपभोक्ताका लागि अब नयाँ आयाम ल्याउने लक्ष्य सीजीले राखेको छ। यो सहकार्यले गर्दा अब १२ महिने शून्य प्रतिशत किस्ताबन्दीको लागि क्रेडिट कार्डको आवश्यकता नपर्ने र यसले नयाँ उपभोक्ताहरुका लागि थप अवसर खोलेको सीजीले जनाएको छ । 

यसका साथै झन्झट मुक्त ०% किस्ताबन्दी सुविधाले न्यूनतम अग्रिम लागतमा शून्य प्रतिशत ब्याजदरमा नै उपभोक्ताले उच्च गुणस्तरीय इलेक्ट्रोनिक्स उत्पादनहरु खरिद गर्न सक्नेछन् । 

सीजी डिजिटल र जगदम्बा क्रेडिटसँग भएको संयुक्त सहकार्यले उपभोक्ताको क्रयशक्ति बढाउन मद्दत गर्ने र इलेक्ट्रोनिक्स बजारमा यो एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुने कुरामा दुवै पक्ष विश्वस्त रहेको जनाएका छन् ।

यो सुविधा उपत्यकाभित्र रहेका सबै सीजी डिजिटल शोरुमहरुमा उपलब्ध हुने पनि सीजीले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ