arrow

तरुल खन्न जंगल गएका बेला उदयको हत्या, श्रीराम घाइते, प्रेम पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १६ सोमबार
hatya-murder.jpg

पोखरा । पर्वतमा एक युवकको हत्या भएको छ । मोदी गाउँपालिका वडा नं. २ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीका अनुसार रिजालसँगै सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर नेपाली र ४० वर्षीय श्रीराम शर्मा आइतबार दिउँसो स्थानीय सामुदायिक वनमा तरुल खोज्न गएका थिए । 

तरुल खन्न प्रयोग गरिएको हतियारले नेपालीले रिजाललाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए ।

अचेत अवस्थामा जङ्गलमा फेला परेका रिजाललाई पर्वत अस्पतालमा उपचारका लागि ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको उनले बताए । 

घटनामा घाइते भएका शर्माको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक जिसीले जानकारी दिए । 

घटनामा संलग्न भएको आरोपमा प्रहरीले नेपालीलाई नियन्त्रणमा लिएको छ । नेपालीले पुरानो रिसिइबीका कारण रिजालको हत्या गरेको बयान दिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ