arrow

बालिकामाथि यौन दुर्व्यवहार गर्ने युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १७ मंगलबार
nabaraj-ghimire-gorkhapolice.jpg

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १ युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका वडा नं. ५ कटरबारीका ३७ वर्षीय नवराज घिमिरे रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठका अनुसार घिमिरेले स्थानीय १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेका थिए ।

आफ्नी छोरीमाथि घिमिरेले यौन दुर्व्यवहार गरेको भन्दै बालिकाकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

सोही जाहेरीका आधारमा प्रहरीले घिमिरेलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए । घिमिरेमाथि बालिकाको संवेदनशील अंग समातेर यौन दुर्व्यवहार गरेको आरोप छ ।

घिमिरेविरुद्ध बालयौन दुरुपयोग कसूर शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद लिए अनुसन्धान गरिरहेको डीएसपी श्रेष्ठले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ