arrow

पुरुषलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा महिला पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १७ मंगलबार
mangali-bk-gorkhapolice.jpg

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले मानसिक यातना दिएर आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आरुघाट गाँउपालिका वडा नं ६ आरुआरबाङ कल्लेरीकी ४५ वर्षीया मंगली विक रहेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठका अनुसार विकले सोही ठाउँका ४५ वर्षका जिरबहादुर गुरुङलाई विभिन्न तरहले मानसिक यातना दिएर आत्महत्या गर्न बाध्य पारेकी थिइन् ।

विकले नै आत्महत्या गर्न बाध्य बनाएको भन्दै गुरुङका आफन्तले प्रहरीमा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

गुरुङ गत बिहीबार अर्थात् पुस १२ गते कल्लेरीस्थित खनायो रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

विकविरुद्ध आत्महत्या गर्न दुरुत्साहन दिन हुने कसूरमा मुद्वा दर्ता गरी सोमबार गोरखा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान शुरु गरिएको डीएसपी श्रेष्ठले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ