बेल्गोरोडमा भएको गोलाबारीलाई पुटिनले दिए आतङ्कवादीको संज्ञा
हाम्रा कुरा
प्रकाशित २०८० पुष १८ बुधबार
1.3k
Shares
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले रुसी शहर बेल्गोरोडमा गरेको गोलाबारीलाई ‘आतङ्कवादी कार्य’ भएको बताएका छन् ।
उनले हालै भएको कार्य निःसन्देश आतङ्ककारी कार्य भएको बताए ।
रुसले जवाफमा जवाफी फायरिङ गर्नसक्ने भए पनि यसले सैन्य सुविधालाई मात्र निशाना बनाउने भएकाले नगरेको बताए ।
रुसी रक्षा मन्त्रालयका अनुसार शनिवार युक्रेनी सेनाले बेल्गोरोड शहरको केन्द्रमा गरेको आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै अन्य १०८ जना घाइते भएका छन् ।