arrow

भारतसँगको टेष्टमा दक्षिण अफ्रिका ५५ रनमै आउट, सिराजलाई ६ विकेट

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १८ बुधबार
test-india-sa-2024-AP.jpg

काठमाडौँ । भारतविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा दक्षिण अफ्रिका निरीह देखिएको छ । केपटाउनमा शुरु भएको टेष्टमा पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिका २३.२ ओभरमात्र क्रिजमा टिकेर ५५ रन बनाउन सक्यो । 

यो योगफल भारतविरुद्ध सबैभन्दा कम हो ।

सन् २०१५ मा भारतको नागपुरमा भएको टेष्टमा दक्षिण अफ्रिकाले त्यतिन्जेलको सबैभन्दा कम योगफल ७९ रन बनाएको थियो ।

अहिले भारतले उसकै भूमिमा ५५ रनमा रोकेको हो । दक्षिण अफ्रिका तेस्रो पटक सय भन्दा कम रनमा अलआउट भएको हो । 

कायल भेरिन्नेले सर्वाधिक १५ तथा डेभिड बेडिङघमले १२ रन बनाए बाहेक कुनै पनि खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् । त्यसपछिको उच्च स्कोर कागिसो रबाडाको ५ रन रहेको थियो । 

शानदार बलिङ गर्ने क्रममा मोहम्मद सिराजले ९ ओभरमा ३ मेडन राख्दै १५ रन खर्चेर ६ विकेट लिए । त्यस्तै जसप्रित बुमराह र मुकेश कुमारले २–२ विकेट लिए । 

भारतले दक्षिण अफ्रिकासँग उसको भूमिमा दुई खेलको टेष्ट श्रृंखला खेलिरहेको हो । पहिलो खेल भने दक्षिण अफ्रिकाले जितेको थियो । 

दोस्रो खेल भारतको पकडमा गएसँगै श्रृंखलामा बराबरी हुने सम्भावना छ । यद्यपि भारतले कस्तो ब्याटिङ गर्छ भन्ने चासोसमेत रहेको छ । 

यसअघि भएको टी–२० श्रृंखला १–१ को बराबरीमा सकिएको थियो भने तीन खेलको एक दिवसीय २–१ ले भारतले जितेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ