arrow

नवलपरासीमा बाढीको समस्या समाधान गर्न गुरुयोजना बनाइ काम गरिरहेको छु: विनोद चौधरी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १८ बुधबार
binod-chaudhary-2080-09-17.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा बाढीको समस्या समाधानका लागि आफूले मास्टर प्लान बनाएर काम गरिरहेको बताएका छन् । बुधवार पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाअन्तर्गत वडा न. १ भिठ्ठा बर्गदवामा १०८ शतचण्डी महायज्ञको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । 

उनले सुस्ता-बर्दघाटमा ६ वटा नदीमा बाढीको समस्या रहेकाले त्यसको दीर्घकालीन समस्या समाधानका लागि गुरु योजना बनाइ काम गरिरहेको बताए । उनले अहिले आगामी आर्थिक वर्षको बजेटमा सो क्षेत्रको समस्या समाधानका लागि सो योजना पार्न अर्थ मन्त्रालयमा प्रयास जारी राखेको बताए । 

२ अर्ब ६० करोड लगभगको सो बजेटलाई मूर्त रूप दिन सके ४ वर्षमा सो क्षेत्रबाट बाढीको प्रकोपबाट जनता मुक्त हुने बताए । यसअघि बाढीको समस्या समाधान गर्नुभन्दा समस्यालाई डरलाग्दो बनाइराखेर राजनीति गर्ने काम भएको बताए ।

उनले भने, ‘तपाईँहरूले यो प्रोसेसको थालनी गर्नुस्, आदरणीय, मान्य सन्तीजहरु यहीँ नै हुनुहुन्छ । यो एउटा ठूलो सोचका साथ मास्टर प्लान बनाऊँ । त्यसपछि प्रदेशको तहमा पनि जान्छौँ । ४० औँ वर्षसम्म यो क्षेत्रको सुस्ताको यहाँको आंशिक रूपमा बर्दघाटका केही क्षेत्रको डुबानलाई एउटा राजनीतिक मागी खाने भाँडोको रूपमा नेताहरूले प्रयोग गरेका थिए । कहिले पनि त्यसलाई एउटा समग्र सधैँको लागि समाधान हुने सोच अघि सार्न सकेनन् । र चाहेनन् । मलाई पनि निर्वाचनको क्रममा आउँदा त्यो नछुनु है ? हात नहाल्नुस्, भन्थे । यो संवेदनशील छ, फलानो फलानो देश रिसाउँछ, त्यो सब बेकारको हो । मानिसलाई कमजोर बनाइराखेर राजनीति गर्ने काम मात्र हो यो । किसान, जनतालाई कमजोर बनाउने । एक वर्षको दौरानमा हामीले यहाँका ६ वटा खोलाको बाढी समाधानका लागि बाहिरका इन्जिनियरहरूलाई बोलाएर अहिले एकीकृत मास्टर प्लान तयार भएर बजेटलाई अघि बढाउने काम भएको छ । अर्को सालको बजेटमा त्यो २ अर्ब ६० करोड लगभगको त्यो बजेटलाई मूर्त रूप दिन सके ४ वर्षभरमा यो क्षेत्रबाट बाढीको प्रकोपबाट जनता मुक्त हुनेछन् ।’ 

श्री बाउन्नगढी काली मन्दिर संरक्षण प्रवर्द्धन गर्ने उद्देश्यले श्री शतचण्डी महायज्ञ आयोजक मूल समितिद्वारा आयोजित महायज्ञमा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ