arrow

अठार लाख ४३ हजार नक्कली नेपाली नोटसहित सन्दिप यादव पक्राउ

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०८० पुष १९ बिहिबार
duplicate-note-sandip-yadav-2.jpg

रौतहट । रौतहट प्रहरीले नक्कली नेपाली नोटसहित एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको देवाही गोनाहि नगरपालिका वडा नं ८ पटेल चौक नजिकबाट प्रहरीको टोलीले एक हजार दरको नोट थान १८४३ अर्थात् १८ लाख ४३ हजार नगदसहित पक्राउ गरेको हो । 

गुजरा नगरपालिका वडा नं ५ हरिहरपुरका २५ वर्षका सन्दिप यादवलाई प्रहरीले पक्राउ गरेको हो । नक्कली नोटसहित यादवको साथबाट विभिन्न बैंकको एटीएम भिसा कार्ड ५ थान, चेक ३ थान १६ लाख ६५ हजार उल्लेख भएको र मोबाइल एक थान बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

प्रहरीका अनुसार यसअघि पनि गरुडा नगरपालिका वडा नं ५ स्थित शिवनगर मेलाबाट गएको असार २१ गते १ सय दरको ४ थान नक्कली नोट सहित ४ जना, गएको कार्तिक १० गते गरुडा नगरपालिका ४ स्थितबाट एक हजार दरको ७ थान नक्कली नोटसहित ३ जना र गएको मंसिर ३० गते चन्द्रपुर नगरपालिका वडा नंं १० बालचनपुरबाट एक हजार दरको नोट २० थान सहित १ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी एलिजा गिरीले जानकारी दिइन् । 

पक्राउ परेका यादवलाई मुद्रा सम्बन्धी कसूर अन्तर्गत कानूनी कारबाही अघि बढाइएको गिरीले जानकारी दिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ