arrow

आत्मदाह प्रयास गर्ने कृष्ण कारागार चलान

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २० शुक्रबार
krishna-bahadur kshetri-kaskipolice.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले करिब १ वर्षअघि काहुँखोलामा एक वर्षअघि आत्मदाह प्रयास गरेका कृष्णबहादुर क्षेत्रीलाई पक्राउ गरेको गरेको छ । उनलाई बुधबार बिहान ११ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका कृष्णलाई जिल्ला अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । जिल्ला अदालत कास्कीले कृष्णलाई फैसला बमोजिमको सजाया भुक्तान गर्न कारागार पठाएको छ ।

अदालतको आदेश बमोजिम क्षेत्रीले अझै ९ वर्ष ११ महिना १८ दिन कैद र १ लाख ४ हजार जरिवाना भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

यस्तो छ घटनाक्रम

कास्कीको मादी गाउँपालिका वडा नं.६ निवासी वर्ष ४४ का कृष्णबहादुर क्षेत्रीले २०७९ माघ १५ गते पोखरा महानगरपालिका वडा नं. १३ काहुँखोलास्थित आफू बसेको घरको वाथरुममा शरीरमा पेट्रोल छर्किएर आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए ।

त्यही समयमा कृष्णबहादुरलाई बचाउने प्रयास गरेकी घरधनी संगीता सापकोटा घाइते भएकी थिइन् । उनको उपचारका क्रममा भोलिपल्ट अर्थात माघ १६ गते मृत्यु भएको थियो ।

आगोले २५ प्रतिशत शरीर जलेर घाइते भएका कृष्णबहादुर भने उपचारपछि घर फर्किएका थिए । तर कास्की प्रहरीले घटना शंकास्पद भएको भन्दै अनुसन्धान थाल्यो ।

त्यसक्रममा प्रहरीले पेट्रोल छर्किएर आगो लगाइ घरधनी संगीताको हत्या गरेको र आफूले पनि आत्महत्याको प्रयास गरेको भन्दै मुद्धा चलायो ।

सोही मुद्धामा जिल्ला अदालतले गत भदौ १८ गते कृष्णबहादुरलाई दोषी ठहर गरिदियो । अदालतले उनलाई ज्यानसम्बन्धी कसूरमा १० वर्ष कैद र १ लाख ४ हजार रुपैयाँ जरीवानाको फैसला गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ