arrow

अष्ट्रेलियाविरुद्ध पाकिस्तानको लज्जास्पद ब्याटिङ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २० शुक्रबार
test-aus-pak-2424-1-5-AP.jpg

काठमाडौँ । अष्ट्रेलिया विरुद्धको तेस्रो तथा अन्तिम टेष्ट क्रिकेटको दोस्रो इनिङ्समा पाकिस्तानले लज्जास्पद ब्याटिङ गरेको छ । 

सिड्नीमा भइरहेको खेलमा पहिलो इनिङ्समा १४ रनको अग्रता लिएर पकड बनाएको पाकिस्तानले दोस्रो इनिङ्समा भने तेस्रो दिनको समाप्तिसम्म ७ विकेट गुमाएर मात्र ६८ रन बनाएको छ । सैम अयुब र बाबर आजमले दोहोरो स्कोर खडा गरे पनि अन्य कुनै पनि ब्याट्सम्यान दोस्रो स्कोरसम्म पुग्न सकेनन् । 

जोश हाज्लेवुडले ४ विकेट लिएका छन् । योसँगै पाकिस्तान अन्तिम खेल पनि हारको नजिक पुगेको छ । यसअघि भएका दुवै खेल पाकिस्तानले गुमाएको थियो । 

अष्ट्रेलिया घरेलु मैदानमा ह्वाइटवास नजिक पुगेको छ । यो खेलबाटै डेभिड वार्नरले संन्यास लिँदैछन् । पहिलो इनिङ्समा ३४ रन बनाएका थिए । 

पाकिस्तान पहिलो इनिङ्स
पाकिस्तानले ७७.१ ओभर टिकेर ३१३ रन बनाएको थियो । मोहम्मद रिजवानले ८८ तथा अमेर जमालले ८२ रन बनाएका थिए । कप्तान पाट् कमिन्सले ५ विकेट लिएका थिए । 

अष्ट्रेलियाको पहिलो इनिङ्स
अष्ट्रेलियाले १०९.४ ओभर खेलेर २९९ रन बनायो । मार्नुस लाबुस्चाङ्गेले ६० तथा मिचेल मार्सले ५४ रन बनाएका थिए । 

पाकिस्तानका लागि अमेर जमालले ६ विकेट लिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ