arrow

एमालेले राष्ट्रिय सभाको १९ सिटमै उम्मेदवारी दिने, थप्यो छ केन्द्रीय सदस्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २० शुक्रबार
uml-secretariat-2080-09-20.jpg

काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभाको सबै १९ ओटै सिटमा उम्मेदवारी दिने भएको छ । यसअघिका केही दिन सत्तागठबन्धनका दलसँगको सहकार्य पार लाग्ने छाँट नदेखेपछि एमालेले सबै पदमा उम्मेदवारी दिने निर्णय गरेको हो । 

एमालेको शुक्रबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । यद्यपि अझै सहकार्यको ढोका भने बन्द भइसकेको छैन । सोमबार २३ गते उम्मेदवारी दर्ताको समय रहेको छ । 

त्यतिमात्र होइन चुनाव माघ ११ गते हुने भएकाले नेपाली राजनीतिमा अन्तिम समयमा जे समीकरण पनि बन्न सक्ने भएकाले यही नै अन्तिम भन्ने नभएको एमालेका एक केन्द्रीय सदस्यले बताए । 

उनका अनुसार तत्काल सचिवालयले यो निर्णय गरेको भए पनि सहमतिको ढोका भने खुलै राखिएको छ । 

त्यसैगरी केन्द्रीय सदस्यमा छ जनालाई मनोनित गरेको छ । प्रदेश अध्यक्षबाट बाहिरिएका सबैलाई केन्द्रीय सदस्य बनाइएको छ भने एक जना झापाबाट केन्द्रीय सदस्यमा थपिएका छन् । 

जसमा कोशी प्रदेशबाट तुलसीप्रसाद न्यौपाने, बागमतीबाट केशवराज पाण्डे, कर्णालीका विनोद शाह, मधेशका रामअवतार यादव, सुदूरपश्चिमका दामोदर भण्डारी र झापाका जिल्ला अध्यक्ष दीपक कार्की हुन् । 

प्रदेश अधिवेशनबाट अध्यक्षमा उम्मेवार बनेका कोशीका विनोद ढकाल, बागमतीका कृष्ण दाहाल, गण्डकीका मायानाथ अधिकारी र लुम्बिनीका हरि रिजालको केन्द्रीय सदस्य पद स्वतः रिक्त भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ