arrow

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाको मिनाङ्काबाउ विमानस्थल बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २१ शनिबार
indonesia.jpg.jpeg
तस्बिर – फाइल ।

जकार्ता । इन्डोनेसियाको पश्चिमी सुमात्रा प्रान्तमा रहेको मिनाङ्काबाउ अन्तरराष्ट्रिय विमानस्थल शुक्रबार अस्थायी रूपमा बन्द गरिएको छ । मारापी क्षेत्रमा ज्वालामुखी विस्फोटपछि उक्त निर्णय लिइएको बताइएको छ । 

‘यस निर्णयबाट असुविधा हुनसक्छ  । तर सबैको सुरक्षा मुख्य प्राथमिकता हो, र आशा छ अवस्था चाँडै सुधार हुनेछ’, यातायात मन्त्रालयको हवाई यातायातका महानिर्देशक क्रिस्टी एन्डाह मुर्नीले  उल्लेख गरेका छन् । 

 उनले ज्वालामुखीको खरानीले इन्जिनलाई हानि पुर्याउन सक्छ र उडानमा खतरामा पार्न सक्ने बताए । विमानस्थल बन्दका कारण २९ ओटा उडान पुनः सार्नुपरेको थियो ।

गत ३ डिसेम्बरमा मारापी ज्वालामुखी विस्फोट हुँदा २३ जना पर्वतारोहीको मृत्यु भएको थियो भने ५२ जना घाइते भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ