arrow

पाकिस्तानमाथि अष्ट्रेलियाको टेष्टमा ह्वाइटवास 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २१ शनिबार
test-australia-2024-01-06-A.jpg

काठमाडौँ । अष्ट्रेलिया विरुद्धको तेस्रो तथा अन्तिम टेष्ट क्रिकेटको दोस्रो इनिङ्समा पाकिस्तानले लज्जास्पद ब्याटिङ गरेसँगै श्रृंखला अष्ट्रेलियाले जितेको छ । 

अष्ट्रेलियाले ३ खेलको श्रृंखलामा ह्वाइटवास गरेको हो । अर्थात् तीन ओटै खेल अष्ट्रेलियाले जितेको हो । तेस्रो टेष्टमा अष्ट्रेलिया ८ विकेटले विजयी भयो । 

सिड्नीमा भएको खेलमा १३० रनको झिनो चुनौती अष्ट्रेलियाले २५.५ ओभरमै २ विकेटको क्षतिमा पूरा गरेको हो । 

आफ्नो करियरको अन्तिम टेष्ट इनिङ्स खेलेका डेभिड वार्नरले ५७ रन जोडे । त्यस्तै मार्नस लबुसांगेले अविजित रहँदै ६२ रन जोडे । 

पहिलो इनिङ्समा १४ रनको अग्रता लिएर पकड बनाएको पाकिस्तानले दोस्रो इनिङ्समा भने मात्र ४३.१ ओभर क्रिजमा टिकेर ११५ रन बनाउन सक्यो । 

सैम अयुबले ३३ तथा मोहम्मद रिजवानले २८ रन बनाएको इनिङ्समा ६ खेलाडीले दोहोरो स्कोरसमेत बनाउन सकेनन् । ४ खेलाडी शून्यमा आउन भए । 

जोश हाज्लेवुडले ४ विकेट लिए । त्यस्तै नाथन लियोनले ३ विकेट लिए । 

यसअघि भएका दुवै खेल पाकिस्तानले गुमाएको थियो । 

पाकिस्तान पहिलो इनिङ्स
पाकिस्तानले ७७.१ ओभर टिकेर ३१३ रन बनाएको थियो । मोहम्मद रिजवानले ८८ तथा अमेर जमालले ८२ रन बनाएका थिए । कप्तान पाट् कमिन्सले ५ विकेट लिएका थिए । 

अष्ट्रेलियाको पहिलो इनिङ्स
अष्ट्रेलियाले १०९.४ ओभर खेलेर २९९ रन बनायो । मार्नुस लाबुस्चाङ्गेले ६० तथा मिचेल मार्सले ५४ रन बनाएका थिए । 

पाकिस्तानका लागि अमेर जमालले ६ विकेट लिएका थिए । 

आईसीसी वल्ड टेष्ट च्याम्पियनशिपमा अंक तालिका
अंक तालिकामा भारत अगाडि छ । भारतले ४ खेलबाट ५४.१६ अंक बटुलेको छ । दक्षिण अफ्रिका २ खेलबाट ५० अंकसहित दोस्रो, न्यूजिल्याण्ड २ खेलबाट ५० अंकसहित तेस्रो स्थानमा छ । 

अष्ट्रेलिया भने ८ खेलबाट ५० अंकसहित चौथो स्थानमा छ । 

टेष्ट च्याम्पियनशिपको तेस्रो श्रृंखलामा भारत फाइनलमा पुग्ने सम्भावना फेरि बलियो छ । 

यसअघिका दुवै श्रृंखलामा फाइनलमा पुगे पनि भारतले उपाधि जित्न सकेको थिएन । पहिलो श्रृंखलाको उपाधि न्यूजिल्याण्डले र दोस्रो श्रृंखलाको उपाधि अष्ट्रेलियाले जितेको थियो । 

टेष्ट खेल्ने नौ टिमबीच भिडन्त हुने गर्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ