arrow

सर्लाही घटनाका मृतकका परिवारलाई १० लाख राहत, घटना छानबिन गर्न समिति

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २१ शनिबार
home-ministry-nepal.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सर्लाहीको बरहथवामा जयशंकर साहको ज्यान गएको विषयमा छानबिन गर्न सरकारले छानबिन समिति गठन गर्दै मृतकका परिवारलाई राहत दिने निर्णय गरेको छ। 

शुक्रबार भएको झडपमा साहको ज्यान गएको सम्बन्धमा सत्यतथ्य छानबिन गरेर सात दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो।

समितिमा नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेको मन्त्रालयले जनाएको छ।

यस्तै, सरकारले मृतक जयशंकर साहका परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्न पनि निर्णय गरेको छ।

नगर अस्पतालको स्वामित्व विवादमा शुक्रबार भएको प्रदर्शनका क्रममा भएको झडपमा परी साहको ज्यान गएको थियो । स्थानीयले गोली प्रहार गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै शव उठाउन नदिएर आन्दोलन गरिरहेका छन्। साहको शव घटनास्थलमै रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ