arrow

ट्रायथ्लोनमा निलेन्द्रको निरन्तरता, कार्यसमिति सर्वसम्मत

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २१ शनिबार
triathlon-2024-nepal.jpg

काठमाडौँ । नेपाल ट्रायथ्लोन संघको अध्यक्षमा निलेन्द्रराज श्रेष्ठलाई निरन्तरता प्रदान गर्दै २१ सदस्यीय नयाँ कार्यसमितिको गठन भएको छ । शनिबार ललितपुरमा सम्पन्न चुनावी साधारण सभाले संघको वरिष्ठ उपाध्यक्षमा पूर्व गण्डकी प्रदेश सांसद दीपक कोइराला, उपाध्यक्षद्वयमा सुमन देवकोटा र पूर्व प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, सचिवमा मिकेन महर्जन र कोषाध्यक्षमा निरज श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो । 

यस्तै सदस्यहरुमा युवराज सुनुवार, श्रृजना त्रिपाठी, रेणुका देवी सिटौला, रचना सिंह, दिवाकरराज श्रेष्ठ, दामोदर अर्याल पनि निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित कार्यसमितिका सदस्यहरुलाई राष्ट्रिय खेलकुद परिषद्को बरिष्ठ अधिकृत ज्योती राईको नेतृत्वमा अधिकृत बासुदेव निरौला र सहायक प्रथम राजेशबहादुर श्रेष्ठ सदस्य रहेको निर्वाचन कमिटीले प्रमाण पत्र वितरणका साथै गोप्यताको सपथ ग्रहण गराएका थिए ।

संघको शनिबारै सम्पन्न बैठकले संघको विधान बमोजिम सदस्यहरु मध्येबाट अध्यक्षले चयन गर्ने महासचिवको पदमा युवराज सुनुवारलाई मनोनित गरेको छ । यस्तै उपाध्यक्षमा गण्डकी प्रदेश सांसद प्रकाश बराल, सुजिता बराल, सदस्यहरुमा गोपालबहादुर बमजन, पुष्प रत्न बज्राचार्य, अमृत गुरुङ र प्रदेशबाट नेतृत्व गर्ने गरि बागमती प्रदेशबाट ज्ञानकृष्ण प्रजापती, गण्डकी प्रदेशबाट अनिता रानाभाट र कर्णाली प्रदेशबाट गणेश शाहीलाई मनोनित गरेको छ । हाल संघले गठन गरेको चार प्रदेशमध्ये लुम्बिनी प्रदेशबाट सदस्य चयन हुन बाँकी रहेको छ ।

यस्तै प्रदेश संघका कार्यसमिति अध्यक्षहरु संघको पदेन सदस्य रहने विधानमा प्रावधान रहेको छ । यसैगरी संघको बैठकले विभिन्न कमिशन समेत गठन गरेको छ ।

जसमा रचना सिंहको अध्यक्षतामा रेणुकादेवी सिटौला र चाहना शाह सदस्य रहेको जेण्डर इक्विटी कमिशन, डा. सुशन बैद्यको अध्यक्षतामा एन्टी डोपिङ्ग कमिशन, डा. प्रेम बैद्यको अध्यक्षतामा डा. नमिता श्रेष्ठ र डा. उमेश पराजुली सदस्य रहेको मेडिकल कमिशन, शुभ श्रेष्ठको अध्यक्षतामा विनोद तण्डुकार सदस्य रहेको कोचेज कमिशन र पुष्परत्न बज्राचार्यको अध्यक्षतामा अमिश महर्जन सदस्य रहेको टेक्निकल कमिशनसमेत गठन गरेको हो ।
 



नयाँ