arrow

महिला र बालिकालाई यौन क्रियाकलापमा लगाउनेहरु पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २१ शनिबार
pakrau-photo-kaskipolice.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले महिला तथा बालिकालाई यौनशोषण क्रियाकलापमा लगाउने तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ८ जाल्पारोडस्थित काभ्रेली खाजा घरका सञ्चालक पोखरा-९ पृथ्वीचोक बस्ने २९ वर्षीय प्रवीण गुरुङ, पर्वत घर भइ काठमाडौंको शंखमूल बस्ने २३ वर्षीय निर्मल मल्ल र पोखरा-१७ बिरौटा बस्ने राजेश ठकुरी रहेका छन् ।

कास्की प्रहरीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रवणकुमार विकका अनुसार काभ्रेली खाजा घरका सञ्चालकले २ महिला तथा १ बालिकालाई यौन शोषणमा संलग्न गराउन बाहिर लैजान लागेको अवस्थामा प्रहरी उनीहरुको उद्धार गरेको थियो ।

घटनाको अनुसन्धानक्रममा प्रहरीले खाजा घरका सञ्चालकले सुरुमा होटलमा काम दिने भन्दै सरसफाइको काममा लगाउने र पछि राम्रो कमाइ हुन्छ भनै पुरपुरुषसँग भेट गराई यौनजन्य गतिविधिमा लगाउने गरेको खुलेको डिएसपी विकले जानकारी दिए ।

पक्राउ परेका तीनै जनाविरुद्ध मानव वेचविखन तथा ओसारपसार मुद्धामा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको डिएसपी विकले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ