arrow

पोलियो खोप लगाउने दिन विष्फोटः पाँच प्रहरीसहित छको मृत्यु, कम्तीमा १४ घाइतेमध्ये सबै गम्भीर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २३ सोमबार
pakistan-bombing-2024-01-08-AP.jpg

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमबार बम विष्फोट भएको छ । प्रहरीको गाडी नजिकै भएको विष्फोटमा पाँच प्रहरीसहित छ जनाको मृत्यु हुनुका साथै कम्तीमा १४ जना घाइते भएको प्रहरीले जनाएको छ  ।

बाजौर जिल्लामा सोमबार बिहान प्रहरीको ट्रकलाई लक्षित गरी विष्फोटक पदार्थ बिछ्याइएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लामा पोलियो खोप दिने टोलीलाई सुरक्षा दिन गएका प्रहरीलाई लक्षित गरी विष्फोट गरिएको प्रहरीले जनाएको छ ।

घटना लगत्तै, उद्धार टोली तथा प्रहरी यस क्षेत्रमा पुगी घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ